अदालतको अवहेलना मुद्दामा सिधाकुरा डटकमको टिमलाई बयान गराउन आदेश

सर्वोच्च अदालतले अवहेलना मुद्दामा सिधाकुरा डटकमको टिमलाई बयान गराउने आदेश गरेको छ। 

काठमाडौँ– सर्वोच्च अदालतले अवहेलना मुद्दामा सिधाकुरा डटकमको टिमलाई बयान गराउने आदेश गरेको छ। 

न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले प्रसारित सामग्रीको तथ्य जाँचका निम्ति बयान गराउने आदेश दिएको हो। 

स्वतन्त्र न्यायपालिकामाथि नै प्रश्न उठ्ने गरेर सामग्री प्रसारण गरिएको भन्दै आइतबार सर्वोच्च अदालतकै उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले रिट दायर गरेका थिए। उक्त रिटको पेसी सोमबार नै तोकेर सुनुवाइ भएको हो।