बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबाट किरण चेम्जोङले नेपाली टोलीको कप्तानमा पुनरागमन गर्ने भएका छन्।
काठमाडौं- बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा किरण चेम्जोङले कप्तानी गर्ने भएका छन्।
सोमबार अखिल नेपाल फुटबल संघमा आयोजित प्रि–म्याच कन्फरेन्समा बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा गोलकिपर किरण चेम्जोङले कप्तानी गर्ने जानकारी दिइएको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार हुने खेलका लागि नेपाली टोलीको तयारी पूरा भएको छ। खेल दशरथ रंगशालामा मंगलबार साढे ५ बजे हुनेछ। सोमबार भएको प्रिम्याच कन्फ्रेन्समा कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंसँगै कप्तानका रूपमा किरण उपस्थित थिए।
पछिल्लो पटक किरणले दशरथ रंगशालामै मरिससविरुद्धको दुई मैत्रीपूर्ण खेलमा कप्तानी गरेका थिए। कप्तानको जिम्मेवारीमा फर्किंदा उत्साहित हुँदै किरणले बंगालदेशसँगको खेल उत्कृष्ट हुने दाबी गरे।
पहिलो पटक राष्ट्रिय टोलीको प्रशिक्षण सम्हालेका प्रदीप हुमागाईं नेपाललाई सुखद नतिजा दिलाउँदै दशैँ विशेष बनाउने सुनाए। प्रशिक्षका हुमागाईले नेपाली टोलीको तयारी राम्रो भएको बताए।
यसअघि एसिया कप छनोटमा टोलीका सिनियर खेलाडी टोली बाहिर रहँदा नवयुग श्रेष्ठ र पुजन उपरकोटीले कप्तानी गरेका थिए। तर, दुवै खेलाडी बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि टोलीमा समावेश छैनन्।
नेपाल र बंगलादेशबीच विभिन्न प्रतियोगिता र मैत्रीपूर्ण खेलमा गरी २४ पटक प्रतिष्पर्धा भएको छ। जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ। ५ खेल बराबरीमा सकिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
