कतारमा जारी फिफा विश्वकप २०२२ मा दर्शकको प्रथ प्रदर्शनका लागि राखिएका ‘मेट्रो म्यान' भाइरल बनेका छन्।
खेलप्रेमीहरूको उत्सव विश्वकप २०२२ कतारमा जारी छ। विश्वकपका बेला हुने विभिन्न रोचक क्षणहरूको सम्झनाले मानिसलाई वषौँसम्म पनि रमाइलो महशुस हुन्छ।
विश्वकपको नारा, गायक-गायिका र उनीहरूको प्रस्तुति, खेलाडीका हाउभाउ लगायत विभिन्न कुराले मानिसहरूको ध्यान खिचिरहेका हुन्छ। जस्तो, सन् २०१० को विश्वकपमा गायिका सकिराले गाएको वाक्का वाक्वा बोलको गीत अझै पनि मानिसले सम्झनामा ताजा छ।
विश्वकपकै लागि भनेर बनाइएका रंगशाला र विभिन्न पूर्वाधारसँगै कतार विश्वकपमा अर्को आकर्षण बनेको छ। कतार विश्वकपलाई पनि यसरी नै सम्झाउने एकै वाक्य बनेको छ, ‘मेट्रो दिस वे’।
विश्वकप हेर्न जाने हजारौँ दर्शकलाई बाटो पहिल्याउन सहज होस् भनेर ठाउँ ठाउँमा मानिसहरू खटाइएका छन्। उनीहरूको काम हो विभिन्न संकेत, इशारा र लाइटहरू देखाएर मानिसहरूलाई सही बाटोमा जान निर्देशन दिनु। यस कामका लागि खटाइएका अधिकांश मानिस केन्या र घानाका छन्। यसै कामका खटाइएका केन्याका २३ वर्षीय अबुबकर अब्बास त एकाएक भाइरल बनेका छन्। उनी विश्वकपमा आएका मानिसलाई ऐतिहासिक बजार शौक वाकिफबाट मेट्रो स्टेसनतर्फ बाटो देखाउँदै गर्दा चर्चित बनेका हुन्।
उनले आफ्नो कामलाई कलात्मक बनाउँदै टेनिस अम्पायरको अग्लो कुर्सीमा बसेर मेट्रोतर्फ जाने बाटो देखाउँदै मेगाफोन (माइक) मा भाका हालेर ‘मेट्रो दिस वे, मेट्रो दिस वे’ भनेको भिडियो भाइरल बनेको हो।
उनले हत्केला आकारको ठूलो चिन्ह हातमा लगाएर मेट्रो दिस वे भनिरहँदा मानिसहरू रमाउँदै नाच्दै हिँडेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो। यसपटकको विश्वकपमा कुनै नारा छैन। अब मेट्रो दिस वे नै विश्वकपको नारा हो भन्दै धेरैले युट्युबमा भिडियोसमेत बनाएको पाइन्छ।
उनलाई धेरैले मेट्रोम्यान भनेर पनि चिन्न थालेका छन्। अल्छीलाग्दो काम पनि जाँगरले गर्न सिकाएको भन्दै अबुबकरको धेरैले प्रशंसा गरेका छन्। उनले प्रयोग गर्ने फोम फिंगर (हत्केला आकारको चिन्ह) र मेट्रो दिस वे टिकटकमा पनि भाइरल बनिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
