परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार १७१ जनशक्ति र १८ हजार ३०० प्रहरी परिचालन भएका छन्।
भक्तपुर– कक्षा १२ को परीक्षा शुरू भएको छ। सबै परीक्षा केन्द्रमा बिहान ८ बजे शुरू भएको परीक्षा शान्तिपूर्ण रूपमा भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए।
बोर्डले देशभर एक हजार ५२५ र देशबाहिर जापानमा एक गरी कुल एक हजार ५२६ केन्द्रमा परीक्षा भइरहेको छ। जापानको परीक्षा केन्द्रमा इमेलबाट प्रश्नपत्र पठाएर परीक्षा सञ्चालन भएको छ।
“विद्यार्थी उत्साहका साथ परीक्षामा सहभागी भएको जानकारी पाएका छौँ,” डा. शर्माले भने।
यो वर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार ९१४ छात्रा र एक लाख ९३ हजार ९३३ छात्र गरी तीन लाख ९० हजार ८४७ परीक्षार्थी सहभागी भएका छन्। त्यस्तै ग्रेडवृद्धितर्फ एक लाख ६५० विद्यार्थी सहभागी भएका छन्। देशभरका पाँच हजार ५४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका हुन्।
सबैभन्दा बढी काठमाडौँमा १४४ तथा मनाङ र मुस्ताङमा एक–एक वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ।
परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार १७१ जनशक्ति र १८ हजार ३०० प्रहरी परिचालन भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
