स्थानीय निर्वाचनमा हार बेहोरेपछि ताइवानकी राष्ट्रपतिसमेत रहेकी साई इन वेनले पार्टी अध्यक्षबाट राजीनामा दिएकी छन्। उनले हारको जिम्मा लिँदै राजीनामा दिएकी हुन्।
ताइवानकी राष्ट्रपति साई इन वेनले पार्टी अध्यक्षबाट राजीनामा दिएकी छन्। ताइवानमा शनिबार सम्पन्न स्थानीय चुनावमा साईको पार्टी डेमोक्रेटिक पिपल्प पार्टी (डीपीपी)ले खराब नजिता ल्याएपछि उनले राजीनामा दिएकी हुन्।
चीनसँग तनाव बढिरहेका बेला साईले स्थानीय चुनावलाई प्रजातन्त्रको चुनावका रूपमा व्याख्या गर्दै आएकी थिइन्। तर चुनावी नतिजा अनपेक्षित देखिएपछि उनले राजीनामा दिएकी हुन्। “चुनावी परिणाम सोचेअनुरूप भएन। यो सबैको जिम्मेवारी मैले लिनुपर्छ। त्यसैले डीपीपी पार्टीको अध्यक्षबाट तत्काल राजीनामा दिएकी छु”, साईले भनेकी छन्। साई ताइवानको राष्ट्रपतिका रूपमा भने निरन्तर रहनेछिन्।
चुनावमा विपक्षी कुमिनताङ (केएमटी) पार्टीले राजधानी ताइपेइसहित महत्त्वपूर्ण स्थानमा जित हासिल गरेको छ। लामो समयदेखि चीन र अमेरिकाबीचको भूराजनीतिक तनावबाट गुज्रिरहेको ताइवानको चुनावलाई अन्तर्राष्ट्रिय जगत्ले चासोका साथ हेरेको थियो।
स्थानीय तह र नगरप्रमुख चयनका लागि भएको चुनाव विशेष गरी आवास तथा सामाजिक कल्याण, अपराधजस्ता आन्तरिक विषयमा केन्द्रित भएकाले निर्वाचित जनप्रतिनिधिले चीनसँगको ताइवानी नीतिबारे भने प्रत्यक्ष सरोकार राख्नेछैनन्।
यद्यपि, साई र उनको सरकारका अधिकारीहरूले देशमाथि चिनियाँ दबाब बढिरहेका बेला चुनावमार्फत प्रजातन्त्रको पक्षमा रहेको सन्देश दिन मतदाताहरूलाई आग्रह गरेका थिए।
ताइवानको चुनावमा बालिग मताधिकारको उमेर २० बाट घटाएर १८ वर्ष कायम गर्ने विषयमा भएको जनमतसंग्रह पनि स्थानीय चुनावमार्फत नै गराइएको थियो। तर त्यसमा धेरैले असहमति जनाएका छन्।
चिनियाँ सरकारले ताइवानलाई आफ्नो देशको एक भूभाग रहेको दाबी गर्दै कुनैदिन चीनमा गाभ्ने बताउँदै आएको छ। तर, ताइवानले आफूलाई एक स्वतन्त्र र सार्वभौम मुलुकका रूपमा चिनाउने गरेको छ।
ताइवानले अन्य मुलुकसँग कायम गरेको कूटनीतिक सम्बन्ध, त्यहाँ हुने चीनविरोधी गतिविधि र अमेरिकासँगको निकट सम्बन्धलाई चीनले सधैँ आशंकाको दृष्टिले हेर्ने गरेको छ। साथै, ताइवानलाई कुनै पनि किसिमको सहयोग नगर्न अमेरिकालाई चेतावनीसमेत दिँदै आएको छ।
अमेरिकाले भने ताइवानलाई एक स्वतन्त्र मुलुकका रूपमा मान्यता दिँदै ऊसँगको आर्थिक र कूटनीतिक सम्बन्धलाई झनै चुस्त बनाउने प्रयास गरिरहेको छ। चीनबाट हुनसक्ने सम्भावित आक्रमण रोक्न भन्दै ताइवानले अमेरिकासँग सुरक्षा सहयोगसमेत माग्ने गरेको छ भने अमेरिकाले पनि ताइवानलाई सैन्य सहयोग तथा हतियार उपलब्ध गराउँदै आएको छ। ताइवानकै कारण चीन र अमेरिकाको सम्बन्ध पछिल्लो समय थप खराब मोडमा छ।
गत अगस्टमा तत्कालीन अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिन्टेटिभ्स्की सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि चीनले ताइवान वरपर त्यसविरुद्ध बृहत् सैन्य अभ्यास गरेको थियो। त्यसपछि अमेरिका र चीनबीचको सम्बन्ध थप बिग्रिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
