गण्डकी प्रदेश सरकार गठनविरुद्ध कांग्रेस गण्डकीका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट निवेदन हेर्दाहेर्दैमा परेको छ।
काठमाडौँ– गण्डकी प्रदेश सरकार गठनविरुद्ध परेको मुद्दा हेर्दाहेर्दैमा परेको छ। सोमबार सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा परेको मुद्दाको सुनुवाइ नसकिएर हेर्दाहेर्दैमा परेको हो।
अब यो मुद्दाको सुनुवाइ बुधबार हुने भएको छ। मंगलबार कतारका अमिर नेपाल आएको अवसरमा सरकारले सार्वजनिक घोषणा गरेका कारण मुद्दाको सुनुवाइ बुधबार हुने भएको हो।
कांग्रेस गण्डकीका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा गत चैत २७ गते रिट दायर गरेका थिए। गण्डकी प्रदेशमा एमाले नेता खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्दा सभामुखलाई पनि गणना गरिएको भन्दै उनले रिट दायर गरेका हुन्।
रिटमा मुख्यमन्त्री अधिकारीसहित प्रदेश प्रमुख डिल्लीराज भट्ट, प्रदेश प्रमुखको कार्यालय, सभामुख कृष्णप्रसाद धिताललाई विपक्षी बनाएका छन्। पाण्डेले रिटमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णय खारेजी र ठूलो दलको नेताको हैसियतले आफूलाई मुख्यमन्त्री बनाउन माग गरेका छन्।
एमाले नेता अधिकारी संविधानको धारा १६८ को उपधारा (२) बमोजिम चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए। उनलाई एमालेका २२, माओवादी केन्द्रका आठ र एक स्वतन्त्र प्रदेशसभा सदस्यले समर्थन गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
