प्रतिनिधिसभातर्फ परिणाम आउन बाँकी नौमध्ये कांग्रेस तीन क्षेत्रमा अगाडि छ। दुईक्षेत्रमा एमाले र एक क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि छ। तीन क्षेत्रमा मतगणना हुन सकेकाे छैन।
काठमाडौँ– प्रतिनिधिसभातर्फ नौवटा निर्वाचन क्षेत्रको मत परिणाम आउन बाँकी छ। बिहान १० बजेसम्म १५६ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ।
पछिल्लो परिणामअनुसार कांग्रेसले ५३ सिट जितेको छ। एमाले ४१ सिटसहित दोस्रो स्थानमा छ। तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १७, एकीकृत समाजवादीले १० सिट जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी समान सात–सात क्षेत्रमा विजयी भएका छन्।
जनता समाजवादी पार्टीले ६ सिट जितेको छ। यसैगरी लोकतान्त्रिक समाजवादीले चार, नागरिक उन्मुक्ति पार्टीले तीन, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले एक–एक सिट जितेका छन्। स्वतन्त्र उम्मेदवारले पाँच क्षेत्रमा जितेका छन्। वतन्त्र उमेदवार विजयी भएका छन्।
बाँकी रहेका नौ क्षेत्रमध्ये कांग्रेस तीन क्षेत्रमा अगाडि छ। दुईक्षेत्रमा एमाले र एक क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि छ। सुनसरी–४, उदयपुर–१ र धनुषा–४ मा कांग्रेसका उम्मेदवार अगाडि छन्।
यस्तै सुनसरी–३ र इलाम–१ मा एमाले उम्मेदवारले अग्रता लिएका छन्। यसैगरी सुनसरी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता छ। उता दोलखा–१, स्याङ्जा–२ र बाजुरामा भने मतगणना शुरू हुन सकेको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
