कोशी प्रदेशका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको भेलाले मोरङको रंगेलीस्थित आदर्श माविका प्रधानाध्यापक बिश्वरसिंह मेवाहाङको अध्यक्षतामा पान प्रदेश समिति गठन गरेको छ।
विराटनगर– कोशी प्रदेशका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको भेलाले बिश्वरसिंह मेवाहाङको अध्यक्षतामा प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान)को प्रदेश समिति गठन गरेको छ।
शनिबार विराटनगरमा भएको भेलाले मेवाहाङ अध्यक्ष रहेको १७ सदस्यीय समिति गठन गरेको हो। अध्यक्ष मेवाहाङ मोरङको रंगेलीस्थित आदर्श माविका प्रधानाध्यापक हुन्।
समितिको उपाध्यक्ष कुमार खड्का (उदयपुर), महासचिव छविलाल धमला (मोरङ) र सचिवमा नरबहादुर विश्वकर्मा (धनकुटा) तथा लक्ष्मीप्रसाद खनाल (खोटाङ) चयन भएका छन्। त्यसैगरी कोषाध्यक्ष रामकुमार चर्माकार (संखुवासभा) र सह-कोषाध्यक्ष राधिकादेवी भट्टराई (पाँचथर) छन्। सदस्यहरूमा नवीन चाम्लिङ (खोटाङ), चन्द्रबहादुर भुजेल (ओखलढुंगा), गुरुप्रसाद राई (सोलुखुम्बु), यादवप्रसाद बस्नेत (उदयपुर), राजधन राई (भोजपुर), छत्रपति दाहाल (मोरङ), बेनुपप्रसाद खनाल (इलाम), रुकमान लिम्बू (झापा), कुबेरप्रसाद भेटवाल (संखुवासभा) र गोविन्द राई (धनकुटा) छन्।
देशभरका प्रधानाध्यापकहरूको भेलाले गएको फागुनमा सुदामप्रसाद गौतमको अध्यक्षतामा पान गठन गरेको थियो। त्यही अन्तर्गतको कोशी प्रदेश समिति बनाएको मेवाहाङले बताए। यो संस्था गैरराजनीतिक भएको र यसले प्रधानाध्यापकहरूको क्षमता विकास, विद्यालयमा गुणस्तरीय शिक्षालगायत शैक्षिक विकासको क्षेत्रमा काम गर्ने मेवाहाङको भनाइ छ।
पानको प्रदेशस्तरीय भेलाको उद्घाटनपछि कोशीका सभामुख अम्बरबहादुर विष्टले सबल र सक्षम प्रधानाध्यापकहरूले मात्र गतिलो विद्यालय बनाउन सक्ने बताए। भेलाको प्रमुख अतिथि रहेका उनले सामुदायिक विद्यालयको गुणस्तरीय सबलीकरणका लागि प्रदेश स्तरीय शिक्षा सम्बन्धि ऐन कानून बनाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पानकी केन्द्रीय कोषाध्यक्ष मन्जु बस्नेतले पान गैरराजनीतिक र गैरनाफामूलक संस्था भएको बताइन्। उनका अनुसार अन्तर्राष्ट्रिय प्रिन्सिपल्स एसोसिएसन (आईसीपी) मा समेत आबद्ध भई पानले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको पेशागत र पदीय विकास तथा सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धिको उदेश्य राखेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
