सन् २०२१ मा तालिबान सत्तामा फर्किएपछि अफगानिस्तानमा विदेशी सहयोगको प्रवाह अत्यन्त कम भएको छ। यसबाट प्राकृतिक प्रकोपमा राहत प्रतिक्रियामा अवरोध भइरहेको छ।
अफगानिस्तानमा भारी वर्षा र बाढीका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको छ।
“शुक्रबारदेखि परेको पानीका कारण अचानक बाढी आउँदा ठूलो मानवीय तथा वित्तीय क्षति भएको छ,” सरकारको प्रकोप व्यवस्थापन विभागले प्रवक्ता जनान सायेकले भने, “दुर्भाग्यवश ३३ जनाको मृत्यु र २७ जना घाइते भएको प्रारम्भिक जानकारीबाट थाहा भएको छ।”
उनका अनुसार अधिकांश मृत्यु घरको छत खसेर भएका छन्। करिब ६०० घर क्षतिग्रस्त वा नष्ट भएका छन् भने ६०० किलोमिटर सडक भत्किएको छ। करिब दुई हजार एकड कृषि भूमिमा बाढी पसेको छ।
मुलुकका ३४ प्रान्तमध्ये करिब २० प्रान्तमा भारी वर्षा भएको छ। यसपछि असामान्य रूपमा आएको सुक्खा जाडो मौसमले जमिन सुक्खा भएको र किसानलाई बाली लगाउने काममा ढिलाइ गर्न बाध्य पारेको प्रवक्ता सायेकले भने।
सन् २०२१ मा तालिबान सत्तामा फर्किएपछि अफगानिस्तानमा विदेशी सहयोगको प्रवाह अत्यन्त कम भएको छ। यसबाट प्राकृतिक प्रकोपमा राहत प्रतिक्रियामा अवरोध भइरहेको छ।
फेब्रुअरीमा पूर्वी अफगानिस्तानमा व्यापक हिमपातपछि गएको पहिरोमा परी कम्तीमा २५ जनाको मृत्यु भएको थियो भने मार्चमा समाप्त भएको तेस्रो साताको वर्षामा करिब ६० जनाको मृत्यु भएको थियो। संयुक्त राष्ट्रसंघले गत वर्ष अफगानिस्तानले चरम मौसमको स्थितिमा ठूलो परिवर्तनको अनुभव गरिरहेको चेतावनी दिएको थियो।
वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण मौसमी ढाँचा बिग्रिरहेको छ र चार दशकको युद्धबाट प्रभावित अफगानिस्तान यस्तो घटनाको सामना गर्नका लागि सबैभन्दा कम तयार मुलुकमध्ये एक भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
