चट्याङ पर्नुअघि वायुमण्डलको हावा र बादलको अवस्थाबारे सूचना लिन तीन ठाउँ सुर्खेत, पाल्पा र उदयपुरमा ‘राडार’ राखिएको छ। चट्याङ परेको बेला घरबाहिर हुनेहरू बढी असुरक्षित हुन्छन्।
काठमाडौँ– प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझी गएको चैत ६ गते राति पाँचथरस्थित गोपेटार प्रहरी चौकीमा ड्युटीमा थिए। उनी राति ११ः२० बजे प्रहरी चौकीको ढोकामा उभिइरहेका थिए। त्यही बेला परेको चट्याङले उनी घाइते भए। उनलाई तत्कालै फिदिमस्थित जिल्ला अस्पताल पुर्याइएको थियो। चिकित्सकले राति नै उनलाई मृत घोषणा गरे।
दैलेखको भैरवी गाउँपालिका–६ तोरीमूलकी शर्मिला कंडेल (१२)को पनि गएको चैत १७ गते चट्याङले ज्यान लियो। उनी घर नजिकै बाख्रा चराउन गएकी थिइन्। हावाहुरीसँगै आएको चट्याङले उनी घाइते भइन्। उनलाई तत्कालै दुल्लु अस्पताल लगियो। तर उनलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल रिफर गरियो। उता लैजाँदालैजाँदै डुंगेश्वर पुग्दा उनको मृत्यु भयो। चट्याङ लागेर उनले चराउन लगेको बाख्रा पनि मरेको थियो।
चट्याङकै कारण गएको चैत ९ गते राति बझाङमा एक जनाको मृत्यु र सात जना घाइते भए। जयपृथ्वी नगरपालिका–५ नौरामाका गजेन्द्रबहादुर सिंह (५२)को मृत्यु भएको थियो। उनका परिवारका अन्य सात जना घाइते भएका थिए। घाइतेहरू भने सामान्य उपचारपछि निको भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरतबहादुर शाहले जानकारी दिए।
विगत आठ वर्षको प्रहरीको तथ्यांकअनुसार चट्याङ लागेर देशभरिमा ५०६ जनाको मृत्यु भएको छ। यही अवधिमा ३९६ जना घाइते भएका छन्। जल तथा मौसम विज्ञान विभागले चट्याङ पर्नुअघि वायुमण्डलको हावा र बादलको अवस्थाबारे सूचना लिन देशका तीन विभिन्न ठाउँमा ‘राडार’ राखेको छ।
विभागले सुर्खेत, पाल्पा र उदयपुरमा राडार राखेको हो। एउटा राडारले २०० किलोमिटर क्षेत्र समेट्छ। अग्ला भवनहरूमा ‘लाइटिङ एरेस्टर’हरू राखेर पनि चट्याङ पर्नुअघिको अवस्था जानकारी लिन सकिने विपद् अध्ययन केन्द्र, इन्जिनियरिङ अध्ययन संस्थानका निर्देशक डा. वसन्तराज अधिकारी बताउँछन्।
हावाहुरी, हल्का वर्षासँगै आकाशमा गड्याङगुडुङ आवाज आउँदा चट्याङ पर्न सक्ने हुनाले घरभित्र बस्दा नै सुरक्षित होइने अधिकारीको भनाइ छ। चट्याङको आवाज सुनिन थालेपछि आधा घण्टासम्म घर बाहिर ननिस्कने, रुखहरूको नजिक नजाने, विद्युतीय समग्री प्रयोगमा सतर्क हुने गर्नुपर्छ। सबैभन्दा धेरै चट्याङ पर्ने ठाँउ मकवानपुर र मोरङ भएको अधिकारी बताउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
