बाजुराको बुढीनन्दा नगरपालिका–५ मा मंसिर ४ गते राेकिएकाे मतदान शनिबार जारी छ।
काठमाडौँ– बाजुराको बुढीनन्दा नगरपालिका–५ मा मतदान जारी छ।
मंसिर ४ मा रोकिएको मतदान शनिबार भइरहेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए। “वडा नम्बर ५ स्थित नन्देश्वर मावि मतदान केन्द्रमा रोकिएको मतदान आज भइरहेको छ,”उनले उकालोसँग भने।
शान्तिपूर्ण मतदानका लागि सुरक्षा व्यवस्था कडा पारिएको अधिकारीले बताए। मंसीर ४ मा मतदानका क्रममा झडप भएपछि मतदान स्थगित भएको थियो।
सो क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको थियो। नेपाली कांग्रेस कार्यकर्ताको कुटपिटबाट एक एमाले कार्यकर्ताको पनि मृत्यु भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
