चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले माओवादी नेता खामलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
काठमाडौँ– अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको अभियोगमा पक्राउ परेका माओवादीका पूर्वकमान्डर कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा पठाएको छ। चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले माओवादी नेता खामलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
अदालतले खामलाई प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी तत्कालका लागि थुनामा पठाउने आदेश दिएको चितवन जिल्ला अदालतका स्रेस्तेदार विष्णुप्रसाद आचार्यले जानकारी दिए। खामविरुद्धको मुद्दामा बिहीबार र शुक्रबार भएकाे थुनछेक बहस भएको थियो। उनले अदालतसमक्ष इन्कारी बयान दिएका थिए।
खाममाथि २०६५ सालमा व्यापारी श्रेष्ठलाई अपहरणपछि हत्या गरेको अभियोग छ। २०६५ वैशाख १५ गते श्रेष्ठलाई कोटेश्वरबाट नियन्त्रणमा लिई चितवनको शक्तिखोरस्थित माओवादी लडाकुको शिविरमा पुर्याइएको थियो। वैशाख २८ गते नारायणी नदीमा श्रेष्ठको शव भेटिएको थियो।
त्यसपछि श्रेष्ठकी श्रीमती रमिलाले आफ्ना पतिको अपहरण गरी हत्या भएको भन्दै किटानी जाहेरी दिएकी थिइन्। उनले तत्कालीन ‘जनमुक्ति सेना’ तेस्रो डिभिजनका कमान्डर खामलगायत घटनामा संलग्न रहेको भन्दै दिएको जाहेरीपछि चितवन जिल्ला अदालतमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलेको थियो।
खामबाहेक गोविन्दबहादुर बटाला, केशव अधिकारी, गंगाराम थापा र अर्जुन कार्की पनि घटनामा संलग्न रहेको दाबीसहित मुद्दा दर्ता भएको थियो। सो मुद्दामा २०६८ जेठ १७ गते फैसला हुँदा बटालालाई तीन वर्ष कैद सजाय सुनाइएको थियो। मुद्दा चलेदेखि नै फरार सूचीमा रहेका खामलाई जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले गत मंगलबार ठमेलबाट पक्राउ गरेपछि चितवन जिल्ला अदालतमा पेस गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
