स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म डेंगी संक्रमितको संख्या २५ हजार ५४३ पुगेको छ भने ३२ जनाको ज्यान गएको छ।
काठमाडौँ- नेपालमा डेंगीको संक्रमण बढ्दै गएको छ। सोमबार डेंगी संक्रमितको संख्या २५ हजार नाघेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार डेंगी संक्रमितको संख्या २५ हजार ५४३ पुगेको छ।
डेंगी संक्रमणबाट अहिलेम्म ३२ जनाको ज्यान गएको छ। पछिल्लो २४ घण्टाको अवधिमा तीन जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अहिलेसम्म ७६ जिल्लामा डेंगी फैलिएको मन्त्रालयले जनाएको छ।
प्रदेशअनुसार सबैभन्दा धेरै डेंगी संक्रमित बागमती प्रदेशमा रहेका छन्। बागमतीमा १९ हजार ९१० जनालाई डेंगी संक्रमण देखिएको छ। त्यसपछि लुम्बिनीमा २ हजार ८८७, सुदूरपश्चिममा ८०४, प्रदेश-१ मा ७७५ गण्डकीमा ५५६, मधेस ३८० र कर्णालीमा सबैभन्दा कम २३१ जनामा डेंगी संक्रमण देखिएको छ।
स्वास्थ्य मन्त्रालयले डेंगीको बढ्दो नियन्त्रणका लागि प्रदेश जिल्ला र स्थानीय तहसँग समन्वयात्मक प्रयास भइरहेको जनाएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा महाशाखाले १३९ स्थानीय तह ६० जिल्ला र ७ वटा प्रदेशमा डेंगु नियन्त्रणका लागि 'खोज र नष्ट गर' अभियान सञ्चालनका लागि बजेट विनियोजन गरेको जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
