उनीहरूलाई जारी एसईईमा निरीक्षकका रूपमा बस्न नदिने गरी निष्कासन गरिएको शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख रामवृक्ष महतोले जानकारी दिए।
सर्लाही– सर्लाहीमा माध्यमिक शिक्षा परीक्षा (एसईई)का १० परीक्षा निरीक्षक निष्कासनका परेका छन्।
बिहीबाररदेखि शुरू भएको परीक्षामा मर्यादा कायम नगरेको आरोपमा १० जना परीक्षा निरीक्षकलाई कारबाही गरिएको हो। कारबाही स्वरूप उनीहरूलाई जारी एसईईमा निरीक्षकका रूपमा बस्न नदिने गरी निष्कासन गरिएको शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख रामवृक्ष महतोले जानकारी दिए।
कारबाहीमा पर्ने निरीक्षक जिल्लाका दक्षिणी क्षेत्रका परीक्षा केन्द्रका रहेका जनाइएको छ। गोडैता नगरपालिकास्थित बेणीभोला माध्यामिक विद्यालय, जनता नमूना माध्यामिक विद्यालय, जनता मावि रामवन र बलरा नगरपालिकास्थित रामसखी मोहितसिंह मावि, जनता मावि, नेपाल राष्ट्रिय रामचन्द्र शिवचन्द्र माविका परीक्षा केन्द्रका निरीक्षकलाई कारबाही गरिएको जिल्लास्तरीय परीक्षा समन्वय समिति अध्यक्ष प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए।
यसैबीच जिल्लामा छिटफुटबाहेक पहिलो दिनको एसईई शान्तिपूर्ण रूपमा सम्पन्न भएको जिल्लास्तरीय परीक्षा समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी धमलाले जानकारी दिए। “परीक्षा विगतको तुलनामा निकै मर्यादित बनेको छ,” उनले भने, “हामीले सुरक्षा तथा अनुगमनलाई निकै चुस्त बनाएका छौँ।”
यस वर्ष सर्लाहीबाट एसईईमा १० हजार ८९६ परीक्षार्थी सहभागी भएका छन्। शिक्षा विकास तथा समन्वय एकाइका अनुसार ६ हजार ७८३ छात्रा र चार हजार ११३ छात्रले परीक्षा दिइरहेका हुन्। १५८ जनाले ग्रेड वृद्धिका लागि परीक्षा दिन लागेका हुन्। जिल्लाका १०५ सामुदायिक र ४५ संस्थागत विद्यालयका छात्रछात्राले एसईईमा सहभागिता जनाएका छन्।
एकाइका अनुसार सामुदायिक विद्यालयबाट नौ हजार ५६२ र संस्थागत तर्फबाट एक हजार ३३४ छात्रछात्रा एसईईमा सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख महतोले जानकारी दिए।
यस्तै जिल्लामा यस वर्ष ३८ परीक्षा केन्द्र तोकिएको छ। गत वर्ष ३७ परीक्षा केन्द्र तोकिएकामा यस वर्ष हरिपुर नगरपालिका–१ लक्ष्मीपुरस्थित रामऔतार लक्ष्मीनिया मावि हजारबिगाह थपिएर ३८ पुगेको समन्वय एकाइका प्राविधिक सहायक सुनिल कुशवाहले जानकारी दिए।
कुशवाहका अनुसार यस वर्ष परीक्षा सञ्चालनका लागि यहाँ ३८ केन्द्राध्यक्ष, ७३ सहायक केन्द्राध्यक्ष, ५४४ निरीक्षकलगायत गरी एक हजार १६ जनशक्ति परिचालन गरिएको छ। परीक्षालाई अनुशासित र मर्यादित बनाउन सबैसगँ समन्वय गरिएको उनले बताए।
एक छात्रले प्रहरी हिरासतबाटै परीक्षा दिए
यस्तै, सर्लाहीमा एक छात्रले प्रहरी हिरासतबाटै एसईई परीक्षा दिएका छन्। बागमती नगरपालिका–२ निवासी एक छात्रले इलाका प्रहरी कार्यालय हरिवनको हिरासतबाटै परीक्षा दिएको इलाका प्रहरी कार्यालयका प्रमुख अनिलराज गिरीले जानकारी दिए।
आफ्नै आमाको आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका उनका लागि हिरासतमै परीक्षाको व्यवस्था मिलाइको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
