लिखु तामाकोशीका पूर्वअध्यक्ष खड्कासहित ६ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

विशेष अदालत काठमाडौँले रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्कासहित ६ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

काठमाडौँ– विशेष अदालत काठमाडौँले रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्कासहित ६ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीकरण गर्दा भ्रष्टाचार भएको भन्दै पूर्वअध्यक्ष खड्कासहित २७ जनालाई मुद्दा चलाएकामा ६ जना दोषी ठहर भएका र अन्य २१ जनाले सफाइ पाएको विशेष अदालतका उपरजिस्ट्रार एवं प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार पूर्वअध्यक्ष खड्कासहित राजुप्रसाद न्यौपाने, टंकप्रसाद चौलागाईं, दुर्गाबहादुर तामाङ, नोर्बु लामा तथा पाइक कन्स्ट्रक्सन सञ्चालक अमृतबहादुर तामाङलाई अदालतले दोषी ठहर गरेको हो। पूर्वअध्यक्ष खड्कालाई एक करोड ९९ लाख रुपैयाँ जरिबाना र ६ महिना कैद सजाय सुनाइएको छ।

यसैगरी न्यौपाने र चौलागाईंको एकमा जनही तीन महिना कैद र ६३ लाख रुपैयाँ जरिबाना तथा तामाङ र लामाको हकमा जनही तीन महिना कैद तथा ३१ लाख रुपैयाँ जरिबाना हुने भएको उपरजिस्ट्रार एवं प्रवक्ता कार्कीले बताए।