सर्वोच्च अदालतले बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनुपर्ने माग गर्दै परेको रिटको पक्षमा फैसला गरेको छ।
काठमाडौँ– सर्वोच्च अदालतले बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनुपर्ने माग गर्दै परेको रिट निवेदनको पक्षमा फैसला गरेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. कुमार चुडाल र शारंगा सुवेदीको इजलासले सोमबार यस्तो फैसला गरेको हो।
सर्वोच्चले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले दायर गरेका दुइटा रिट निवेदनका पक्षमा सोमबार फैसला गरेको हो। फैसलामा मेडिकल कलेजले प्रक्रिया पुर्याएको भए सम्बन्धन दिन भनिएको छ।
बीएन्डसी मेडिकल कलेज र प्रसाईंसँग जोडिएको अर्को एउटा रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएको छ। यसअघि रिटमाथि लगातार तीन दिनको सुनुवाइपछि चैत ६ गते सर्वोच्चले फैसला सुनाउनका लागि चैत १२ गतेको मिति तोकेको थियो।
झापाको बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजले मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट ‘एलओसी’ पाएर संरचना निर्माण गरे पनि सम्बन्धन नदिइएको भन्दै प्रसाईंसमेतले विभिन्न मितिमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए।
बीएन्डसी मेडिकल कलेजका तर्फबाट र आफ्नो हकका लागि भन्दै प्रसाईंले काठमाडौँ विश्वविद्यालय, चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाइ दायर रिट २०७७ असार २१ गते दर्ता भएको थियो। त्यस्तै, २०७७ असोज ३० गते बीएन्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरका तर्फबाट प्रसाईंले अर्को रिट दायर गरेका थिए। रिटमा चिकित्सा शिक्षा आयोग, काठमाडौँ विश्वविद्यालय उपकुलपतिको कार्यालय लगायतलाई विपक्षी बनाइएको थियो। २०७८ भदौ २४ गते शशीविक्रम कार्कीबाट अर्को रिट परेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
