अपांगता भएकाहरूको होली : कोही बसेरै रमाए, उठ्न सक्ने नाचेर (तस्वीरहरू)

आपसी शत्रुता भुलाई रङ छ्यापाछ्याप गर्ने यो पर्वले अपांगता भएकाहरूमा पनि उस्तै उमंग भरिदियो। जोरपाटीस्थित नेपाल अपांग संघ, खगेन्द्र नवजीवन केन्द्रका अपांगता भएकाहरूले एकापसमा रङ दलेर खुशियाली साटे।

काठमाडौँ– आइतबार हिमाली एवं पहाडी क्षेत्रमा हर्षोल्लाससाथ होली पर्व मनाइँदै छ। होली फागुन शुक्ल पूर्णिमाका दिन एकापसमा रङ अबिर दलेर बनाउने प्रचलन रहेको छ। हिन्दू धार्मिक कथनसँग जोडिएको होली पर्वमा किशोरकिशोरी, युवकयुवती, वृद्धवृद्धा तथा बालबालिका आ–आफ्ना उमेरसमूहका साथीसंगी तथा छरछिमेकीलाई एकापसमा रङ तथा अबिर दलेर रमाइलो गर्ने गर्छन्। आपसी शत्रुता भुलाई रङ छ्यापाछ्याप गर्ने यो पर्वले अपांगता भएकाहरूमा पनि उस्तै उमंग भरिदियो। जोरपाटीस्थित नेपाल अपांग संघ, खगेन्द्र नवजीवन केन्द्रमा आश्रित अपांगता भएकाहरूले एकापसमा रङ दलेर खुशियाली साटे। हिँडडुल गर्न नसक्ने अवस्थामा रहेकाहरूले ह्विलचेयरमै बसेर रङ तथा अबिर आफ्ना सहपाठीलाई दलिदिए। होलीको रङमा रमाइरहेका उनीहरूमध्ये कसैले जुस खुवाएर खुशियाली साटे भने कोही नाचगानमा मस्त झुमे।