लुसेल रंगशालमा बिहीबार सम्पन्न खेलमा पाँचपटकको विश्वविजेता ब्राजिलले सर्बियालाई २–० ले पराजित गरेको छ।
काठमाडौँ– फरवार्ड रिचार्लिसन अन्द्रादेको दुई गोल प्रेरित ब्राजिलले कतार विश्वकप २०२२ मा विजयी सुरूआत गरेको छ।
लुसेल रंगशालमा बिहीबार सम्पन्न खेलमा पाँचपटकको विश्वविजेता ब्राजिलले सर्बियालाई २–० ले पराजित गरेको हो। ब्राजिलले पहिलो हाफमा पाएको अवसर सदुपयोग गर्न सुकेन। दोस्रो हाफमा थप आक्रामक प्रस्तुति गर्दै दुई गोल गर्याे।
६३औँ मिनेटमा भिनिसियस जुनिअरको प्रहार गोलरक्षक भान्जा मिलिन्कोभिच साभिचले बचाएपनि रिबाउन्डमा रिचार्लिसनले गोल गरे। ७२औँ मिनेटमा भिनीसियस जुनिअरले दिएको आउटसाइड फुट पासलाई रिचार्लिसनले पेनाल्टी क्षेत्रभित्र एक्रोब्याटिक प्रहार गर्दै गोल गरे।
यस जितसँगै ब्राजिल समूह जी को शीर्षस्थानमा उक्लिएको छ। ब्राजिल र स्विट्जरल्यान्ड दुवैको ३ अंक छ। बिहीबारको पहिलो खेलमा स्विट्जरल्यान्डले क्यामरूनलाई १–० ले पराजित गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
