ठाकुर बेलबासेलाई 'व्यथित काव्य सम्मान' तथा खेमनाथ दाहाललाई 'व्यथित काव्य डायस्पोरा सम्मान' प्रदान गर्ने निर्णय भएको हो।
काठमाडाैँ– साहित्यिक पत्रकार संघले प्रदान गर्ने 'व्यथित काव्य सम्मान' यो वर्ष कविद्वय ठाकुर बेलबासे र खेमनाथ दाहाललाई प्रदान गर्ने निर्णय भएको छ।
बेलबासेलाई 'व्यथित काव्य सम्मान-२०८०' तथा दाहाललाई 'व्यथित काव्य डायस्पोरा सम्मान-२०८०' प्रदान गर्ने निर्णय भएको हो। साहित्यकार प्रमोद प्रधानको संयोजकत्वमा पद्मावती सिंह र श्रीओम श्रेष्ठ 'रोदन' सदस्य रहेको समितिले गरेको सिफारिसअनुसार उक्त पुरस्कार घोषणा गरिएको हो।
कवि ठाकुर बेलबासेका सागरको वरिपरि मनहरूको समारोह, अचानक यो साँझ, त्रासमा ईश्वर र अन्य कविताहरू, यतै कतै जस्ता कवितासंग्रह प्रकाशित छन्।
अर्घाखाँचीको ढाकावाङका कवि बेलबासेले विनय रावल स्मृति प्रतिभा पुरस्कार, राष्ट्रिय कविता महोत्सव पुरस्कार, नेपाल प्रज्ञा-प्रतिष्ठान (प्रथम), युवा वर्ष मोती पुरस्कार, साझा पुरस्कार, भोग्यप्रसाद शाह पत्रकारिता पुरस्कारलगायतका पुरस्कार प्राप्त गरिसकेका छन्।
यसैगरी तेह्रथुमको लाब्रीका कवि खेमनाथ दाहालका श्वेतपत्र (महाकाव्य), रश्मि (खण्डकाव्य) तथा श्रद्धाञ्जलि, योद्धा, हावर्डको चौतारीमा, म त बन्दी भएको छु जस्ता कवितासंग्रह प्रकाशित छन्।
कवि दाहाल गेरु-अम्बिका वाणी पुरस्कार, छन्दोबद्ध कृति पुरस्कार (अनेसास), साहित्य सन्ध्या नियात्रा पुरस्कार, पुष्पपराग साहित्य परममाया र कृष्णप्रसाद थपलिया सम्मान, मिलाप राष्ट्रिय विशेष व्यक्तित्व सम्मान लगायतका पुरस्कार पाइसकेका छन्।
वि.स. २०३९ सालमा स्थापना गरिएको व्यथित काव्य पुरस्कार नेपाली साहित्य जगतका प्रतिभाशाली कविलाई प्रदान गरिँदै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
