घाइतेमध्ये एक जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अन्य २७ जनालाई बागलुङस्थित धवलागिरि अस्पतालमा ल्याइएको डीएसपी मदन केसीले जानकारी दिए।
ढोरपाटन– बागलुङमा बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या नौ पुगेको छ। पूर्वी रुकुमबाट काठमाडौँका लागि छुटेको बस मंगलबार निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो।
दुर्घटनामा २८ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अन्य २७ जनालाई बागलुङस्थित धवलागिरि अस्पतालमा ल्याइएको डीएसपी मदन केसीले जानकारी दिए।
दुर्घटनामा दाङका १८ वर्षीय लक्की पुनमगर, पश्चिमरुकुम मुसिकोट–१ का २७ वर्षीया विनीता केसी, मुसिकोट–२ रातामाटाका सवारी धनी बबिददेल नेपाली, मुसिकोट–४ सोलाबाङका ३५ वर्षीया टीका केसी, मुसिकोट–३ साँखकी कल्पना केसीको मृत्यु भएको छ।
यस्तै, रोल्पा घर भएका गाडी चालक सुवास गौतम भनिने मानसिंह विक, गोर्खाकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुमपूर्व सिस्ने गाउँपालिका–५ रुमालबाराका २५ वर्षीय विक्रम परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।
बस सडकबाट १५० मिटर तल खसेको थियो। सात जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको डीएसपी केसीले जानकारी दिए। दुर्घटनामा ज्यान गुमाएका अधिकांश रुकुमका रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
