विशेष अदालतले कटवाललाई ४ लाख ९८ हजार रुपैयाँ जरिबाना र ९ महिना कैदको सजाय सुनाएको छ।
काठमाडौँ– उच्च अदालत दिपायलका तत्कालीन रजिस्ट्रार रणबहादुर कटवाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायाधीशद्व खुशीप्रसाद थारू र रामबहादुर थापाको इजलासले रकम हिनामिना गरी भ्रष्टाचार गरेको कसुरमा उनलाई दोषी ठहर गरेको हो।
विशेष अदालतका उपरजिस्ट्रार धनबहादुर कार्कीका अनुसार कटवाललाई ४ लाख ९८ हजार रुपैयाँ जरिबाना र ९ महिना कैदको सजाय सुनाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कटवालविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना कसुरमा २०७९ भदौमा उच्च अदालतमा मुद्दा दायर गरेको थियो।
स्थायी शिक्षिका रहेकी आफ्नै श्रीमतीलाई कम्प्युटर अपरेटरको नियुक्ति काल्पनिक कागजात तयार पारी तलब बुझेको पाइएपछि अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको थियो। कटवालले आर्थिक वर्ष २०७८/०७९ मा स्थायी शिक्षिका रहेकी श्रीमतीलाई कम्प्युटर अपरेटरका रूपमा राखेको नक्कली कागजी नियुक्ति तयार पारी तलब निकासा गराएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
