भारतीय अधिकारीहरूले युक्रेनमा रुसी सेनाको पक्षमा लड्नका लागि आफ्नो देशका नागरिक पठाउने एक ‘तस्करको नेटवर्क’का सदस्यलाई पक्राउ गरेको बताएका छन्।
भारतीय अधिकारीहरूले युक्रेनमा रुसी सेनाको पक्षमा लड्नका लागि आफ्नो देशका नागरिक पठाउने एक ‘तस्करको नेटवर्क’का सदस्यलाई पक्राउ गरेको बताएका छन्। भारतको केन्द्रीय जाँच ब्युरो (सीबीआई)का अनुसन्धानकर्ताले बिहीबार १३ स्थानमा छापा मारेर सोधपुछका लागि ‘केही सन्दिग्ध’लाई पक्राउ गरेका हुन्।
“यी तस्करले संगठित नेटवर्कका रूपमा काम गरिरहेका छन् र युट्युबजस्ता सामाजिक सञ्जाल च्यानल तथा आफ्ना स्थानीय सम्पर्क/एजेन्टमार्फत भारतीय नागरिकलाई रुसमा उच्च तलब भएको नोकरीका लागि प्रलोभन दिइरहेका थिए,” विज्ञप्तिमा भनिएको छ, “तस्करीमा परेका भारतीय नागरिकहरूलाई लडाकु भूमिकामा प्रशिक्षित गरिएको छ र उनीहरूको इच्छाविरुद्ध रुस–युक्रेन युद्ध क्षेत्रमा अग्रिम ठेगानामा तैनाथ गरिएको छ।” सीबीआईले सम्भावित पीडितहरूसँग पहिचान स्थापित गर्ने प्रयास भइरहेको पनि बताएको छ।
भारतीय विदेश मन्त्रालयले करिब २० भारतीय नागरिकलाई घर फर्काउनका लागि काम गरिरहेको बताएको थियो। मन्त्रालयले शुक्रबार विज्ञप्तिमा भनेको छ, “हामी हाम्रा नागरिकको शीघ्र रिहाइ र अन्ततः घर फिर्तीका लागि प्रतिबद्ध छौँ।”
सीबीआईले दुबईस्थित भर्ती एजेन्ट फैसल खानसहित नेटवर्कमा चार सन्दिग्धको नाममा राखेको छ। उनीहरूले आफ्नो सामाजिक सञ्जाल च्यानल ‘बाबा भ्लग्स’मा रुसी सेनामा भर्तीको विज्ञापन गरेका थिए।
खानले आफूले गत वर्षको अन्त्यमा सेनाको सहयोगीका लागि १६ भारतीय पासपोर्ट धारीलाई आवश्यक सहयोग गरेको गत महिना बताएका थिए। पछि सेनामा भर्ती भएकालाई हतियार दिएपछि आफू ‘अचम्मित’ भएको र ‘भर्ती प्रक्रियामाथि रोक लगाउने निर्णय गरेको’ उनको दाबी थियो।
सेनामा भर्ती भएका केही भारतीयले गत महिना उच्च तलब र रुसी राहदानी दिने वाचा गरेर सेनामा सामेल हुन प्रलोभन दिइएको बताएका थिए। आफूहरूलाई गैरलडाकु भूमिका दिने वचन दिइएको तर युक्रेन पठाउनुअघि कलाश्निकोभ एसल्ट राइफल र अन्य हतियारको प्रयोग गर्नका लागि प्रशिक्षित गरिएको उनीहरूले बताएका थिए।
रुसले युक्रेनमा आक्रमण शुरू गरेको दुई वर्ष बितेको छ र यो क्रममा युक्रेनमा उसका हजारौँ सैनिक मारिएका छन्। मस्को थप लडाकुहरूको वैश्विक खोजीमा छ। सोही क्रममा भारतलगायतका देशबाट सेनाको सहयोगीका रूपमा काम गर्न रुस पुगेका छन्। यसैबीच भारतले रुसी सेनामा भर्ती भएका कम्तिमा दुई भारतीय नागरिक मारिएका जनाएको छ।
भारत रुसको पुरानो सहयोगी मित्रराष्ट्र र ऊ युक्रेनमाथि आक्रमणको स्पष्ट निन्दा गर्नबाट पछि हटेको छ। भारतमा तीव्र आर्थिक विकास भए पनि बेरोजगारी उच्च छ। प्रत्येक वर्ष ठूलो संख्यामा मानिसहरू विदेशमा कामको खोजी गर्ने गर्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
