खोटाङबाट माओवादी केन्द्रका रामकुमार राई विजयी, एमालेका विशाल भट्टराई पराजित

खोटाङमा नेकपा एमालेका विशाल भट्टराईलाई साढे २ हजार मतान्तरले पराजित गर्दै नेकपा माओवादी केन्द्रका रामकुमार राई विजयी भएका छन्।

काठमाडौँ– प्रतिनिधिसभा निर्वाचनअन्तर्गत खोटाङबाट नेकपा माओवादी केन्द्रका रामकुमार राई निर्वाचित भएका छन्। उनले नेकपा एमालेका विशाल भट्टराईलाई साढे दुई हजार मतान्तरले पराजित गरे।

बिहीबार सम्पन्न मतगणनामा माओवादी केन्द्रका राईले ३१ हजार ३५१ मत ल्याए। एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका भट्टराई २८ हजार ६८२ मत प्राप्त गरे। उनीहरूबीच २ हजार ६६९ मतान्तर रह्यो।

यहाँबाट २०७४ सालको निर्वाचनमा भट्टराई निर्वाचित भएका थिए। उनले प्रतिनिधिसभामा एमाले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी सम्हालेका थिए।