नयाँ पुस्तालाई सिकाउने लक्ष्य राखेर ६ देखि १२ वर्ष उमेर समूहका विद्यार्थीलाई चित्रकला र कविता लेखन प्रशिक्षण सञ्चालन गरिएको थियो। कार्यक्रममा पुस्तक मेला र पुस्तक डोनेसन स्टलसमेत राखिएको थियो।
झापा– धार्मिक तथा पर्यटकीय नगरको रूपमा परिचित मध्य झापाको कनकाई नगरपालिकाले साहित्य र कलालाई माया गर्ने थलोको रूपमा आफुलाई चिनाउने जमर्को गरेको छ। उसले पहिलो पटक कला–साहित्य उत्सवको सफलतापूर्वक आयोजना गरेर नगरले नयाँ पहिचान थपेको हो।
रोटरी क्लब अफ कनकाईको आयोजनामा फागुन १४ देखि १६ गतेसम्म कनकाईको व्यापारिक केन्द्र सुरुंगामा कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव सम्पन्न भएको छ। उत्सवमा स्थानीयदेखि राष्ट्रियस्तरका स्रष्टाले आफ्ना सिर्जना प्रस्तुत गर्ने अवसर पाएका थिए।
वरिष्ठ अभिनेता नीर शाहले उद्घाटन गरेको महोत्सवको बुधबार समापन समारोहलाई नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य तुलसी दिवसले सम्बोधन गरेका थिए।
समापनको अवसरमा राष्ट्रिय कविहरूको जमघटले आकर्षण बढाएको थियो। कवि अर्जुन पराजुली, कुन्ता शर्मा, लक्ष्मण गाम्नागे, मनु मञ्जिल, डा. देवी नेपाल, धीरेन्द्र प्रेमर्षी, माया मानवीलगायतले कविता वाचन गर्दा दर्शक दीर्घाबाट वाहवाही पाएका थिए।
रोटरी क्लब अफ कनकाईका अध्यक्ष शिव कँडेलले पहिलोपल्ट सुरुंगामा साहित्य र कलाको संरक्षण गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको जनाउँदै दर्शक र पाहुनाको सहभागिता उत्साहजनक रहेको बताए। आगामी वर्ष महोत्सवलाई कुनै न कुनै रूपमा निरन्तरता दिइने उनको भनाइ छ।
महोत्सवमा राष्ट्रियता झल्काउने सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिएको रोटरी क्लब अफ कनकाईका पूर्वअध्यक्ष कुमारमणि पोखरेलले जानकारी दिए। कार्यक्रममा स्थानीय जातिको भेषभूषा, नृत्य र झाँकी प्रस्तुत गरिएको उनको भनाइ छ। तीन दिनसम्म एक दर्जनभन्दा बढी कार्यक्रम महोत्सवमा सम्पन्न भएका छन्। प्रसिद्ध कलाकार मनोज गजुरेलजस्ता सांगीतिक हस्तीदेखि गायिका रचना रिमाललगायत नवोदित कलाकारसम्मको उपस्थितिले कार्यक्रमको रौनक बढाएको थियो। नयाँ पुस्ताको आकर्षणले यो महोत्सव भव्य र सफल बनेकोलाई आयोजक समितिका संयोजक अखिलकुमार कोइरालाले बताए।
नयाँ पुस्तालाई सिकाउने लक्ष्य राखेर ६ देखि १२ वर्ष उमेर समूहका विद्यार्थीलाई चित्रकला र कविता लेखनका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा पुस्तक मेला र पुस्तक डोनेसन स्टलसमेत राखिएको थियो। महोत्सवको अर्को आकर्षण कला प्रदर्शनी रहेको थियो। चित्रकार हिम्मत नेम्वाङ र व्यङ्ग्य चित्रकार पवन राजवंशीको चित्र तथा मूर्तिकलाको त्यहाँ प्रदर्शनी गरिएको थियो। प्रदर्शनीमा अवलोकनकर्ताको ओइरो लागेको थियो।
विगत दुई दशकदेखि कला क्षेत्रमा समर्पित नेम्वाङका ४० वटा तेल चित्र, छाम्ने चित्र र मूर्ति कला प्रदर्शनीमा राखिएका थिए। आँखा देख्न नसक्नेले पनि छामेर थाहा पाउन सक्ने एक दर्जन चित्र प्रदर्शनीमा थिए। कार्टुनिस्ट राजवंशीका दुई दर्जन व्यंग्य चित्र प्रदर्शनीमा थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
