ट्याक्टर चालकले अर्को गाडीलाई ‘ओभरटेक’ गर्न खोज्दा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
भारतको उत्तर प्रदेशमा शनिबार ट्याक्टरको ट्रली पल्टिएर पोखरीमा खस्दा कम्तिमा २२ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन्।
उत्तर प्रदेशको राजधानी लखनउबाट २६६ किलोमिटर उत्तरपश्चिममा पर्ने कासगन्ज जिल्लाको पटियाली क्षेत्रमा ट्याक्टर दुर्घटना भएको हो।
“अहिलेसम्म दुर्घटनामा २२ जनाको मृत्यु भइसकेको छ र घाइते भएका १० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ," कासगन्जका प्रमुख मेडिकल अफिसर राजीव अग्रवालले भारतीय सञ्चारमाध्यमलाई बताए।
प्रहरीका अनुसार ट्याक्टरमा सवारहरू गंगा स्नान गर्न कादरगन्ज जाँदै थिए। दुघर्टनामा ज्यान गुमाउने र घाइते हुनेहरूमध्ये अधिकांश महिला र बालबालिका रहेको बताइएको छ।
उद्धारकर्ताहरूले घटनास्थलबाट शव निकालेर शवगृहमा राखेको र पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। उनले पीडित परिवारलाई आर्थिक सहयोग गर्ने घोषणासमेत गरेका छन्।
ट्याक्टर चालकले अर्को गाडीलाई ‘ओभरटेक’ गर्न खोज्दा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
भारतमा घातक सडक दुर्घटनाहरू प्रायः ओभरलोडिङ, सडकको खराब अवस्था र लापरबाहीपूर्वक गरिने ड्राइभिङका कारण हुने गरेको समाचारमा जनाइको छ। सडक दुर्घटनामा प्रत्येक वर्ष लगभग १ लाख ५० हजार मानिसहरूको मृत्यु हुने गरेको छ
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
