मोरक्कोसँग क्रोएसियाले अंक बाँड्यो

खेलमा बल पोसेसनमा क्रोएसिया बलियो देखिए पनि फिनिसिङमा सफल हुन सकेन।

साबिकको उपविजेता क्रोएसियाले कतार विश्वकप २०२२ अन्तर्गत समूह ‘एफ’ को पहिलो खेलमा मोरक्कोसँग अंक बाँडेको छ। अल बायात रंगशालामा बुधबार सम्पन्न खेलमा क्रोएसियाले अफ्रिकी टोली मोरक्कोसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो।

खेलमा बल पोसेसनमा क्रोएसिया बलियो देखिए पनि फिनिसिङमा सफल हुन सकेन। क्रोएसियाले खेलमा ६५ प्रतिशत बल पोसेसनमा राखेको थियो। यता, मोरक्को काउन्टर अट्याकमा व्यस्त रह्यो। यससँगै दुवै टोलीले १/१ अंक बाढेका छन्।

आज राति समूह ‘एफ’ कै अर्को खेलमा बेल्जियम र क्यानडा प्रतिस्पर्धा गर्नेछन्। त्यसअघि स्पेन र कोस्टारिका तथा जर्मनी र जापानबीच प्रतिस्पर्धा हुने तालिका छ।