नव मिथिला फाउन्डेसनको आयोजना र फ्याक्ट्स नेपालको प्रायोजनमा हुन लागेको जनकपुर साहित्य महोत्सव फागुन १२ गतेसम्म राममन्दिर पार्कमा हुनेछ।
जनकपुरधाम– ‘जनकपुर साहित्य महोत्सव’को पाँचौ संस्करण यही फागुन १० गते(बिहीबार)देखि शुरू हुने भएको छ।
नव मिथिला फाउन्डेसनको आयोजना र फ्याक्ट्स नेपालको प्रायोजनमा हुन लागेको जनकपुर साहित्य महोत्सव १२ फागुनसम्म राममन्दिर पार्कमा हुनेछ। तीन दिवसीय महोत्सवमा साहित्य, शिक्षा, स्वास्थ्य, नीति–निर्माण, अर्थतन्त्र, सुशासन, राजनीति, खेलकुद, सम्पदा, संस्कारलगायत १८ वटा विषयमा खुल्ला प्यानल छलफल हुनेछ। जसमा ‘चाहियो रंगशाला’, ‘किताबउपर समीक्षा’, ‘कसरी हुन्छ निर्णय?’, ‘नव उद्यमी र उद्यमशीलता’, ‘स्वस्थ मधेश’, ‘सम्पदा, संस्कार र साहित्य’, ‘शिक्षाको नयाँ आवश्यकता र परिभाषा’, ‘मधेशको श्रम यात्रा’ लगायत विषयमा विमर्श हुनेछ।
जनकपुरमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवमा हुने सत्रहरूबारे जानकारी गराइएको हो। महोत्सवको उद्घाटन बिहीबार दिउँसो २:३० बजे राम मन्दिरको पार्कमा हुने फाउन्डेस्नका अध्यक्ष अमित साहले बताए। तीन दिवसीय महोत्सवको अन्तिम दिन ‘बोल्ने स्वतन्त्रत’, ‘सांस्कृतिक सम्बन्धको डोरी’, ‘मौन चित्कार’ र ‘संघीयता: गलत अभ्यास वा कमजोर परिकल्पना’ जस्ता शिर्षकमा समेत वृहत छलफल हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
