शनिबार ब्रेन्टफोर्डको घरेलु मैदानमा लिभरपुलले ४–१ को सहज जित निकालेको हो।
इंग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा लिभरपुलले ब्रेन्टफोर्डलाई हराएको छ। शनिबार ब्रेन्टफोर्डको घरेलु मैदानमा लिभरपुलले ४–१ को सहज जित निकालेको हो।
डार्विन नुनेजले लिभरपुललाई शुरूआती अग्रता दिलाएका थिए। एलेक्सिस म्याक एलिस्टरले सलाहको पासमा ५५औँ मिनेटमा एनफिल्ड क्लबको अग्रता दोब्बर बनाए। लगत्तै सलाहले लिभरपुलका लागि तेस्रो गोल गरे।
खेलको ७५ औँ मिनेटमा इभान टोनीले घरेलु टोलीका लागि एक गोल फर्काएका थिए। खेल सकिन चार मिनेट अघि गाक्पोले गोल गर्दै लिभरपुललाई फराकिलो जित दिलाए। जितसहित लिभरपुल ५७ अंकका साथ पहिलो स्थानमा छ। ब्रेन्टफोर्ड भने २५ अंकका साथ १४औँ स्थानमा छ।
यस्तै, शनिबार राति नै सम्पन्न अर्को खेलमा आर्सनलले बर्नलेमाथि ५–० गोल अन्तरको एकतर्फी जित निकालेको छ। आर्सनलको जितमा बकायो साकाले दुई गोल गर्दा मार्टिन ओडेगार्ड, लियोनार्दो ट्रोसान्ड र केइ हार्भेटेजले १/१ गोल गरेका थिए। खेल शुरू भएको चौथो मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई अग्रता दिलाए। सातौँ मिनेटमा साकाले पेनाल्टीमार्फत गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए।
पहिलो हाफमा दुई गोल गरेको आर्सनलले दोस्रो हाफमा अरु तीन गोल थपेको थियो। ४७ औँ मिनेटमा साकाले व्यक्तिगत दोस्रो गोल गर्दा आर्सनल ३–० ले अघि बढेको थियो। ६६ औँ मिनेटमा ट्रोसान्ड र ७८ औँ मिनेमा हार्भेटेजले गोल गरेपछि आर्सनल ५–० को सहज र फराकिलो जित निकाल्न सफल भयो।
अहिले ५५ अंकका साथ आर्सनल तालिकाको दोस्रो स्थानमा रहेको छ। पराजित भएको बर्नले भने १३ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ।
यस्तै, शनिबार नै भएका अन्य खेलमा म्यानचेस्टर सिटी र चेल्सीबीच १/१ गोलको बराबरी तथा न्यु कास्टल र बर्नमाउथबीच २/२ गोलको बराबरी भएको छ।
यता नोटम फोरेस्टले वेस्टह्यामलाई २–० गोल अन्तरले पराजित गरेको छ। एस्टन भिल्लासँग फुलह्याम २–१ गोलले पराजित भएको छ। वल्भ्ससँग टोटनह्यामले पनि २–१ गोलको पराजय खेपेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
