नेदरल्यान्ड्सले नेपाललाई दियो १३८ रनको लक्ष्य

नेपालका लागि कुशल भुर्तेलले ४, ललित राजवंशीले २ तथा रोहित पौडेल र सोमपाल कामीले १–१ विकेट लिए। 

काठमाडौँ– आईसीसी क्रिकेट विश्वकप लिग२ मा नेदरल्यान्ड्सले नेपाललाई १३८ रनको सामान्य लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले ३९ ओभरमा अलआउट हुँदै १३७ रन मात्र बनायो।

नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रन जोडे। बास डे लिडेले २७ तथा साइब्रान्ड एंगलब्रेक्टले २३ रन बनाए। 

नेपालका लागि कुशल भुर्तेलले ४, ललित राजवंशीले २ तथा रोहित पौडेल र सोमपाल कामीले १–१ विकेट लिए। दुई ब्याटर रनआउट भए।