केनको यो चोटले मुख्य प्रशिक्षक गाारेथ साउथगेट चिन्तित छन्।
इंग्ल्यान्डका कप्तान ह्यारी केनको घुँडामा लागेको चोटको परीक्षण गरिने भएको छ। सोमबार समूह ‘बी’ अन्तर्गतको इरानविरुद्धको पहिलो खेलमा उनले चोट बोकेका थिए। उक्त खेलमा इंग्ल्यान्डले ६–२ को फराकिलो जित निकालेको थियो। इंग्ल्यान्डका कप्तान केनले दोस्रो हाफमा मैदान छाडेका थिए।
उनलाई कालुम विल्सनले प्रतिस्थापन गरे। बुधबार उनको स्क्यान गर्दै चोट कति गम्भीर हो भनेर पत्ता लगाइने इंग्ल्यान्ड फुटबल एसोसिएन (एफए)ले जनाएको छ।
केनको यो चोटले मुख्य प्रशिक्षक गाारेथ साउथगेटलाई चिन्तित बनाएको छ। उनले केनको स्क्यान नतिजा सकारात्मक हुने आशा व्यक्त गरेका छन्।
मिडफिल्डर जेम्स म्याडिसनले घुँडाको समस्याका कारण इरानको खेल गुमाउँदा डिफेन्डर ह्यारी मगाएरले पनि असहज महसुस गरेका थिए। खेलको ६५औँ मिनेटमा मेहदी तारेमीले इरानका लागि गोल फर्काउँदा डिफेन्डर मगाएर घाइते हुन पुगेका थिए।
इंग्ल्यान्डले आफ्नो दोस्रो खेलमा शुक्रबार अमेरिकाको सामना गर्दैछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
