ललितानिवास प्रकरणः पूर्वमन्त्रीहरू गच्छदार, श्रेष्ठ र जोशीले सफाइ पाउने विशेष अदालतको फैसला

विशेष अदालतले पूर्वमन्त्रीहरू विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीलाई सफाइ दिएको छ।

काठमाडौँ– विशेष अदालतले बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नाम जोडिएका तीन पूर्वमन्त्रीहरूलाई सफाइ दिएको छ। विशेष अदालतले पूर्वमन्त्रीहरू विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीलाई सफाइ दिएको छ।

विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललितानिवास प्रकरणमा उनीहरूलाई सफाइ दिएको हो। त्यस्तै, तत्कालीन सचिव दिनेशहरि अधिकारीलाई पनि विशेष अदालतले सफाइ दिएको छ। 

ललितानिवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते १७५ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। सो मुद्दाको बिहीबार फैसला आएको हो।