ललितानिवास प्रकरणः तत्कालीन सचिवहरू दीप बस्न्यात र छविराज पन्त विशेष अदालतबाट दोषी ठहर

विशेष अदालतले बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालीन सचिवहरू दीप बस्न्यात र छविराज पन्तलाई दोषी ठहर गरेको छ। 

काठमाडौँ– विशेष अदालतले बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालीन सचिवहरू दीप बस्न्यात र छविराज पन्तलाई दोषी ठहर गरेको छ। 

विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललितानिवास प्रकरणमा उनीहरूलाई दोषी ठहर गरेको हो।

मन्त्रिपरिषद्को निर्णयको आडमा उनीहरूले उन्मुक्ति नपाउने विशेष अदालतको ठहर गरेको छ। विशेष अदालतले उनीहरूलाई दुई वर्ष कैद सजाय हुने फैसला गरेको छ। उनीहरूले बदनियतपूर्वक मोही कायम गरेको विशेष अदालतको ठहर छ।

ललितानिवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते १७५ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।