नुवाकोटको शहीद जगतप्रकाश जंग शाह संस्कृति माध्यमिक विद्यालय सञ्चालनको लागि आर्थिक स्रोत जुटाउन आयोजित सामूहिक व्रतबन्धबाट पाँच लाख रुपैयाँ संकलन भएको छ।
नुवाकोट– विदुर नगरपालिका–५ देवीघाटमा सञ्चालित शहीद जगतप्रकाशजंग शाह संस्कृति माध्यमिक विद्यालयमा ८५ बटुक (व्रतबन्ध हुन लागेको व्यक्ति)को सामूहिक व्रतबन्ध गरिएको छ। विद्यालय सञ्चालनको लागिसमेत आर्थिक स्रोत जुटाउन वसन्त पञ्चमीका अवसरमा आयोजित सामूहिक व्रतबन्धबाट पाँच लाख रुपैयाँ संकलन भएको छ।
सामूहिक व्रतबन्धमा सहभागी व्यक्तिबाट विद्यालयले प्रतिव्यक्ति छ हजार रुपैयाँ सेवा शुल्क लिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर डंगोलले बताए। उनका अनुसार बटुकसँग लिएको शुल्क र संकलित भेटीबाट विद्यालयकले निजी स्रोतका शिक्षकलाई तलब उपलब्ध गराइन्छ।
“न्यूनतम शुल्कमा पूर्ण धार्मिक विधिअनुसार बटुकलाई चाहिने पोसाक र भोजनको समेत उपलब्ध गराइएको छ,” अध्यक्ष डंगोलले भने, “अभिभावकलाई आर्थिक भार कम गराउन र सामूहिक भावनाको विकासमा समेत सहयोग पुर्याएको छ।”
विद्यालय सञ्चालनको लागि वैकल्पिक स्रोतको खोजीको लागि हरेक वर्षजस्तै यस वर्ष पनि वसन्त पञ्चमीको अवसरमा सामूहिक व्रतबन्ध गरिएको प्रधानाध्यापक मञ्जु चित्रकारले जानकारी दिइन्। सामूहिक व्रतबन्ध गर्न नुवाकोटसहित रसुवा, धादिङ, चितवन, गोरखालगायतका जिल्लाबाट बटुकको सहभागिता रहेको थियो।
बटुकको व्रतबन्धमा सोही विद्यालयका पण्डित गोकुल सापकोटाको नेतृत्वमा रहेको १४ जना पण्डित–विद्यार्थीको सहभागिता रहेको थियो।
विसंं २०५५ मा स्थापना भएको उक्त विद्यालयमा हाल कक्षा दशसम्म अध्यापन हुने गरेको छ। विद्यालयले निःशुल्क आवासीय सुविधासहित संस्कृत भाषाको अध्यापन गराउन आर्थिक स्रोतको अभाव भएसँगै हिन्दू धर्मावलम्बीको पर्व नाग टाँस्न, रक्षा बन्धन गराउन, घरघरमा कुस भित्र्याउन, पितृ तर्पणलगायतका गतिविधिमा विद्यालयका शिक्षक–विद्यार्थीमार्फत सेवा दिएर आर्थिक स्रोत जुटाइने गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
