काठमाडौँ–१ मा कांग्रेसको ‘क्लिन स्विप’

काठमाडौँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा र दुवै पदेशसभामा कांग्रेस उम्मेदवार विजयी भएका छन्।

काठमाडौँ– काठमाडौँ क्षेत्र नम्बर १ को दुवै पदेशसभामा कांग्रेस उम्मेदवार विजयी भएका छन्।

प्रदेशसभा (१) मा कांग्रेसका दिपेन्द्र श्रेष्ठ विजयी भएका छन्। उनले छ हजार ३०० प्राप्त गरे। उनका निकटम प्रतिद्धन्द्धी राष्ट्रिय प्रजातान्त्रिक पार्टीका नविन शाहीले तीन हजार ५०४ मत प्राप्त गरे।

एमालेका रामप्रसाद अमगाईले दुई हजार २९७ ल्याए। यसैगरी प्रदेशसभा (२) मा पनि कांग्रेसकै सुरजचन्द्र लामिछाने विजयी भएका छन्। उनले एमालेका गणेशप्रसाद दुलाललाई २ हजार बढी मतान्तरले  पराजित गरे। 

छामिछानेले चार हजार ५२० र दुलालले दुई हजार ७५३ मत पाए। राप्रपाका यज्ञबहादुर शाहले एक हजार ८५५ मत प्राप्त गरे। यहाँबाट प्रतिनिधिसभामा पनि कांग्रेसकै प्रकाशमान सिंह विजयी भइसकेका छन्।