रास्वपा सांसद सुमना श्रेष्ठले त्रिविका निमित्त उपकुलपति प्राडा. शिवलाल भुसाललाई तत्काल पदबाट हटाउन सरकारसँग माग गरेकी छन्।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का निमित्त उपकुलपति प्राडा. शिवलाल भुसाललाई तत्काल पदबाट हटाउन सरकारसँग माग गरेकी छन्।
सोमबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसद श्रेष्ठले निमित्त उपकुलपति भुसालले आफैँ उपकुलपति हुने नियतसाथ गतिविधि गरेकाले उनलाई सरकारले तत्काल पदबाट हटाउनु गर्नुपर्ने बताएकी हुन्।
उनले निमित्त उपकुलपति लम्सालले भागबन्डा गर्ने हिसाबले त्रिविमा आफ्नो गतिविधि बढाएको जिकिर गरिन्। उनको नाम त्रिविको उपकुलपति उम्मेदवारको ‘सर्टलिस्ट’बाट पनि हटाउनुपर्ने सांसद श्रेष्ठको भनाइ थियो।
“अहिलेको टीयूको कार्यवाहकले आफ्नो क्षेत्राधिकार मिचेर आफू नै पछि हुने हिसाबले मैले जति सक्छु भागबन्डा गर्छु भन्ने ध्येयले काम गर्छ भने त्यो मान्छे टीयूको भीसी हुन लायक भएन। उसलाई अहिले नै हटाउनु पनि पर्यो। त्यस्तो मान्छे पछि टीयूको सर्टलिस्ट क्यान्डिडेटबाट पनि हट्नुपर्यो,” उनले भनिन्।
सांसद श्रेष्ठले राजनीतिक भागबन्डाका आधारमा विश्वविद्यालयको गतिविधि गर्ने कुरा कानूनसम्मत नहुनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
