अछाम–१ मा एकीकृत समाजवादीका कुँवर विजयी

अछाम क्षेत्र नम्बर १ बाट एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी भएका छन्।

काठमाडौँ– अछाम क्षेत्र नम्बर १ बाट एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी भएका छन्।

बुधबार बिहान सकिएको मतगणनामा कुँवरले १९ हजार ५३४ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपटबहादुर बोहराले १५ हजार ४५ मत प्राप्त गरे। 

स्वतन्त्र उम्मेदवार राजन कुँवरले ४ हजार ३९२ र हाम्रो नेपाली पार्टीका तेजप्रसाद शर्माले १७१ मत ल्याए। यहाँबाट २०७४को निर्वाचनमा एमालेका भीमबहादुर रावल विजयी भएका थिए।