लामो तथा छोटो दूरीका सवारीसाधनको यान्त्रिक परीक्षण अनिवार्य

सरकारले दशैँका बेला काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधनको यान्त्रिक परीक्षण अनिवार्य गरेको छ।

काठमाडौं- सरकारले आजबाट लामो तथा छोटो दूरीका सावरीसाधनको यान्त्रिक परीक्षण अनिवार्य गरेको छ।



काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दूरीका सवारीसाधनको अनिवार्य यान्त्रिक परीक्षण गराउनुपर्ने भएको हो।



दशैँको समयमा सम्भावित दुर्घटना रोक्ने उद्देश्यले सवारीसाधनको यान्त्रिक परीक्षण अनिवार्य गरिएको गृह मन्त्रालयले जनाएको छ।



ट्राफिक प्रहरी, सवारीसाधन सञ्चालकको समन्वयमा यातायायत व्यवस्था विभागले उपत्यकाबाट बाहिरिने सवारीसाधनको  यान्त्रिक परीक्षण गर्ने भएको गृह मन्त्रालयका प्रवक्ता फणिमणि पोखरेलले बताए।



यान्त्रिक परीक्षणका क्रममा देखिएका समस्या समाधान गरेपछि मात्र यात्रुलाई ओसार्न दिने पनि उनले बताए।



उनका अनुसार गोंगबु बसपार्क, उपत्यकाबाट बाहिरिने विभिन्न नाकामा सवारीसाधनको यान्त्रिक परीक्षण गरिने छ। दशैँ अवधिभर परीक्षण नियमित रूपमा कडाइका साथ गराइने मन्त्रालयले जनाएको छ।