जसपाका नेता/कार्यकर्ताहरूले मतगणना केन्द्रअगाडि धर्नासमेत शुरू गरेका छन्।
काठमाडौँ- सप्तरी-२ मा प्रतिनिधिसभा सदस्य पदका लागि जारी मतगणना रोकिएको छ। ३९ हजार ८१९ मतको गणना भइसकेपछि जनता समाजवादी पार्टीका नेताहरूले मतपेटिकाको सिल नमिलेको भन्दै विवाद उत्पन्न गरेपछि मतगणना रोकिएको हो।
जसपाका नेता/कार्यकर्ताले आफूहरूले टिपेको सिल नम्बर र मतगणना केन्द्रमा भएको सिल नम्बर नमिलेको भन्दै नाराबाजी गरेपछि गणना रोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
जसपाका नेता/कार्यकर्ताहरूले केन्द्रअगाडि धर्नासमेत शुरू गरेका छन्।

सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले गणना रोकिएको जानकारी गराए। “हाम्रो उम्मेदवारका प्रतिनिधि र यहाँ भएको सिलमा शंका छ भन्ने उहाँहरूको कुरा आएको छ”, प्रमुख जिल्ला अधिकारी थापाले भने, “उहाँहरूले कहाँ यस्तो भयो भन्ने पनि देखाउन सकिरहनुभएको छैन।”
“निर्वाचन आयोगबाट मुख्य निर्वाचन अधिकृतलाई पठाएको ओसी मिलाएर त्यो ओसी र मतपेटिकामा गरेका सिलहरूको भरिफाई हुने गरेको तर उनीहरूले हामीले टिपेकोमा भरिफाई हुनुपर्छ भनिरहेका छन्”, थापाले भने।
प्रमुख जिल्ला अधिकारी थापाले मतगणना रोकेर यस विषयमा छलफल भइरहेको बताए।
जसपा क्षेत्र नम्बर २ का अध्यक्ष नारायण यादवले सिलबन्दी भेरिफिकेशन नभएसम्मका लागि मतगणना प्रक्रिया स्थगित गरी पाउँ भन्दै मुख्य निर्वाचन अधिकृतलाई निवेदन समेत दिएका छन्। यादव मतगणना प्रतिनिधिसमेत हुन्।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
