अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले सम्झौतामा हस्ताक्षर गरेका छन्।
काठमाडौँ– नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानी सम्बन्धी सम्झौता भएको छ। परराष्ट्रमन्त्री एनपी साउदको अस्ट्रेलिया भ्रमणका क्रममा उक्त सम्झौता भएको हो।
अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले सम्झौतामा हस्ताक्षर गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री साउद र अस्ट्रेलियाली समकक्षी पेनी वोङको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो।
हस्ताक्षर सम्पन्न भएपछि दुवै देशका परराष्ट्रमन्त्रीले नेपाल र अस्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा पुर्याउन सम्झौता महत्त्वपूर्ण हुने धारणा राखेका थिए।
सहायक विदेशमन्त्री वाट्सले अस्ट्रेलिया र नेपालबीचको सम्बन्ध जनस्तरसम्म नै पुगेको बताए। “अस्ट्रेलिया र नेपाल निकटका मित्रराष्ट्र हुन्। हाम्रो सम्बन्ध जनस्तरसम्म गाँसिएको छ। हाम्रो देशमा नेपाली मूलका अस्ट्रेलियालीको समुदाय तीव्र रूपमा बढिरहेको छ,” सम्झौतामा हस्ताक्षर गरेपछि वाट्सले भने।
दुवै देशबीच आर्थिक तथा लगानी फ्रेमवर्कमा हस्ताक्षर गर्ने अवसर मिलेकोमा उनले खुशी व्यक्त गरेका छन्। वाट्सले गत वर्ष नेपाल भ्रमण गरेका थिए। भ्रमणका क्रममा आफूले नेपाल सरकार र विभिन्न क्षेत्रका अगुवासँग आपसी सम्बन्ध थप गहिराइमा पुर्याउने अवसर र उपायबारे कुराकानी गरेको उनको उनले सम्झिएका छन्।
“त्यो छलफलपछि दुवै देशबीचको आर्थिक सम्बन्ध थप बलियो बनाउने गरी दुवै देशका अधिकारीले औपचारिक सम्झौताका लागि पटक–पटक छलफल गरेका थिए,” उनले भने, “यसपालि त्यसलाई वास्तविकतामा परिणत गरेका छौँ। यो सम्झौताले हामीबीचको बलियो सम्बन्धलाई देखाएको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
