टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २४४ रन बनाएको थियो।
काठमाडौँ– भारत यू१९ विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ।
मंगलबार राति भएको पहिलो सेमिफाइनलमा आयोजक दक्षिण अफ्रिकालाई दुई विकेटले पराजित गर्दै भारत उपाधि नजिक पुगेको हो।
दक्षिण अफ्रिकाले दिएको २४५ रनको विजयी लक्ष्य भारतले ४८.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो। भारतको जितमा सचिन दासले ९५ बलमा ११ चौका र १ छक्कासहित सर्वाधिक ९६ रन बनाए।
उदय सहारान १२४ बलमा ६ चौकासहित ८१ रनमा रनआउट रहे। दक्षिण अफ्रिकाका क्वेना मफाका र ट्रिस्टन लुसले समान ३–३ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २४४ रन बनाएको थियो। दक्षिण अपिफ्रका लुआन ड्रे प्रिटोरियसले १०२ बलमा ६ चौका र ३ छक्कासहित ७६ रन बनाए।
रिचर्ड सेलेट्सवेनले ४ चौका र २ छक्कासहित ६४ रनको योगदान दिए। भारतका राज लिम्बानीले ३, मुसिर खानले २ तथा नमान तिवारी र सौम्य पाण्डेले समान १–१ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
