समाज लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ९.९ प्रतिशतले बढेको छ। सामलिङ पावरको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ। मंगलबार नेप्से परिसूचक ९.४४ अंकले बढेर २०८५.७१ बिन्दुमा कायम भएको हो।
मंगलबार ३१५ कम्पनीको ७६ लाख २४ हजार ३७६ कित्ता शेयर ६६ हजार ५५९ पटक खरिदबिक्री भएको छ। जसमा दुई अर्ब ५९ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
व्यापार समूहको उपसूचक ०.५४ र अन्य समूहको उपसूचक ०.५५ प्रतिशतले घटेको छ। अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचकमा १.०७ प्रतिशतको वृद्धि देखिएको छ।
समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ९.९ प्रतिशतले बढेको छ। सामलिङ पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ३३ करोड ७६ लाख दुई हजार ४७० रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को पाँच लाख तीन हजार ९०० कित्ता शेयर खरिदबिक्री भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
