सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले आमसञ्चार क्षेत्रको पुनर्संरचना गर्न खोजिरहेको बताएकी छन्।
काठमाडाैँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले आमसञ्चार क्षेत्रको पुनर्संरचना गर्न खोजिरहेको बताएकी छन्।
बुधबार नेपाल टेलिभिजनको ३९औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। आमसञ्चार क्षेत्रको पुनर्संरचनालाई ध्यानमा राखेर नीतिगत तथा कानूनी व्यवस्थाका बारेमा सुझाव दिन आमसञ्चार क्षेत्र सुधार सुझाव समिति गठन गरी सो समितिको प्रतिवेदनलाई मुख्य आधार बनाइ नेपाल मिडिया काउन्सिल विधेयक र आमसञ्चार विधेयक तयार गरिएको बताइन्। आमसञ्चार नीति, २०७३ र संघीय संरचना तथा अभ्यासबाट विकसित परिवेशअनुसार प्रदेश र स्थानीय तहलाई पनि बलियो बनाउने गरी आमसञ्चार क्षेत्रको नीति र कानून निर्माणमा जोड दिएको पनि मन्त्री शर्माले बताइन्।
उनले सरकारी सञ्चारमाध्यमहरू सरकारी सूचना प्रसारण गर्ने एकोहोरो प्रसारक मात्र नभएको भन्दै सबै कार्यलाई जनताको बीचमा लैजाने र जनताको आवाज र गुनासो, अपेक्षासम्मलाई राज्य समक्ष पुर्याउने माध्यम जिकिर गरिन्। उनले नेपाल टेलिभिजनसहित सार्वजनिक प्रसारण क्षेत्रको पुनर्संरचना गर्न खोजिरहेको बताइन्।
नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकरण गरी थप स्वतन्त्र, स्वायत्त र जनउत्तरदायी सार्वजनिक प्रसारणको रूपमा विकास गर्न सार्वजनिक सेवा प्रसारण विधेयकमाथि प्रतिनिधिसभाको विषयगत समितिमा छलफल भइरहेको बताइन्।
मन्त्री शर्माले सूचना प्रविधिको विकास र आम दर्शकको बदलिँदो शैलीलाई ध्यान दिएर हातहातमै टेलिभिजन हेर्ने व्यवस्था नगर्ने हो भने अब टेलिभिजनको पहुँच बिस्तार गर्न कठिन रहेको उल्लेख गरिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
