प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ हालसम्म कैलाली-३, काठमाडौँ-१, ४, मुस्ताङ, मनाङ र ललितपुर-२ को परिणाम सार्वजनिक भएको छ।
काठमाडौँ- प्रतिनिधिसभातर्फ ६ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ।
प्राप्त परिणाम अनुसार अहिलेसम्म कैलाली-३, काठमाडौँ १, ४, मुस्ताङ, मनाङ र ललितपुर-२ को परिणाम सार्वजनिक भएको छ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी निर्वाचित भएका छन्। सत्ता गठबन्धनका उम्मेदवार कृष्णकुमार चौधरीलाई फराकिलो मतान्तरले पराजित गर्दै उन्मुक्ति पार्टीका चौधरी निर्वाचित भएका हुन्।
उन्मुक्ति पार्टीका चौधरीले २० हजार २३४ मत प्राप्त गरेका छन् भने गठबन्धनका उम्मेदवार चौधरीले १४ हजार ९४६ मत प्राप्त गरेका छन्। मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ २५७५ मत ल्याएर विजयी भएका छन् भने नेकपा एमालेका पोल्देनछोपाङ गुरुङ २२४७ मत प्राप्त गरे।
मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकालीले ३९९२ मत ल्याएर विजयी भएका छन् भने नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले ३०७८ मत ल्याए।
काठमाडौँ-१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहले ७१४३ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिस्पर्धी रवीन्द्र मिश्रले ७०१८ मत प्राप्त गरे।
काठमाडौँ-४ मा नेपाली कांग्रेसका गगनकुमार थापाले २१३०२ मत ल्याएर विजयी भए। नेकपा एमालेका राजन भट्टराईले १३८५५ मत प्राप्त गरे।
ललितपुर-२ मा नेकपा एमालेका प्रेमबहादुर महर्जन १५०२५ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ८८८६ मत प्राप्त गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
