परराष्ट्रमन्त्री साउदले नेपालको परराष्ट्र नीति कुनै पनि सुरक्षा गठबन्धनको पक्षमा नहुने पनि दोहोर्याएका छन्।
काठमाडौँ– परराष्ट्रमन्त्री एनपी साउदले साना हतियारको अवैध व्यापार एवं प्रयोग रोकिनुपर्ने बताएका छन्।
उनले साना हतियारको अवैध व्यापार एवं प्रयोग नियन्त्रणसम्बन्धी राष्ट्रसंघीय कार्ययोजना पुनरावलोकनका लागि काठमाडौँमा शुरू भएको एशिया प्रशान्त क्षेत्रको तयारी बैठकमा नेपालले सबै प्रकारका हतियार नियन्त्रणमा जोड दिँदै आएको उल्लेख गरे।
“साना हतियारको अवैध व्यापार र त्यस्ता हतियारको प्रयोग नियन्त्रणका लागि देशको आन्तरिक क्षमता बढाउनु पर्छ,” परराष्ट्रमन्त्री साउदले भने, “यसका लागि क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग र समन्वयलाई पनि चुस्त बनाइनु पर्छ।”
हतियारको अवैध व्यापार र प्रयोगसँगै अपराध र हिंसामा वृद्धि हुने, समाजमा शान्ति र अमनचयन खलबलिने तथा दिगो विकासको लक्ष्य प्राप्तिका प्रयासमा नकारात्मक प्रभाव पर्ने उनको भनाइ थियो। परराष्ट्रमन्त्री साउदले नेपालको परराष्ट्र नीति कुनै पनि सुरक्षा गठबन्धनको पक्षमा नहुने पनि दोहोर्याए।
तीन दिन चल्ने बैठकमा निःशस्त्रीकरण मामिला हेर्ने संयुक्त राष्ट्रसंघकी उपमहासचिव इजुमी नाकामित्सुसहित एशिया प्रशान्त क्षेत्रका २५ बढी मुलुकका प्रतिनिधि सहभागी छन्।
बुद्धको जन्मस्थान, शान्ति भूमि नेपालमा निःशस्त्रीकरणका विषयमा आयोजित बैठकले विशेष अर्थ बोकेको उनको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
