चित्रबहादुर केसीलाई झिनो अग्रता, पछ्याउँदै एमाले

बागलुङ–१ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केसीले तीन हजार ३४९ मत प्राप्त गरेका छन्।

काठमाडौँ– बागलुङ–१ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले झिनो मतको अग्रता लिएका छन्।

पछिल्लाे परिणाम अनुसार केसीले तीन हजार ३४९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सूर्य पाठकले तीन हजार ३४० मत ल्याएका छन्।

हालसम्म नौ हजार ३०२ मत गणना भइसकेको छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेल दुई हजार १३ मतसहित तेस्रो स्थानमा छन्।