इंग्ल्यान्डका बुकायो साकाले २ तथा जुड बेलिङघम, रहिम स्टर्लिङ, ज्याक ग्रिलिस र मार्कस रासफर्डले १-१ गोल गरे। इरानका लागि मेहदी तारेमीले दुई गोल गरे।
काठमाडौं– कतार विश्वकपको उपाधि दाबेदार इंग्ल्यान्डले समूह 'बी'को पहिलो खेलमा सानदार शुरूआत गरेको छ। खलिफा रंगशालामा सोमबार सम्पन्न खेलमा इरानलाई ६-२ ले पराजित गर्दै इंग्ल्यान्डले विजयी शुरूआत गरेको हो।
पहिलो हाफमा नै तीन गोल गरेको इंग्ल्यान्डले दोस्रो हाफमा दुई गोल थपेको थियो। इंग्ल्यान्डका बुकायो साकाले २ तथा जुड बेलिङघम, रहिम स्टर्लिङ, ज्याक ग्रिलिस र मार्कस रासफर्डले १-१ गोल गरे। इरानका लागि मेहदी तारेमीले दुई गोल गरे।
खेलको ३५औँ मिनेटमा जुडले लुक शाको अन्तिम क्रसलाई हेडरमार्फत गोल गरेका थिए।
४३औँ मिनेटमा बुकायो साकाले गोल गर्दै पहिलो हाफमा २-० को अग्रता दिलाए।उनले ह्यारी मगाएरले कर्नरमा फर्काएको हेडरलाई भलीमा गोल गरे।
पहिलो हाफमा गोलरक्षक घाइते हुँदा खर्च भएको समयलाई परिपूर्ति गर्न १४ मिनेट समय थपिएको थियो। तर, इन्ज्युरी समयको पहिलो मिनेटमा इंग्ल्यान्ड रहिम स्टर्लिङले ह्यारी केनको पासमा गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।
६२औँ मिनेटमा साकाले स्टर्लिङको पेनाल्टी क्षेत्रभित्र गोल गरे।६५ औँ मिनेटमा मेहदी तारेमीले इरानका लागि गोल फर्काए। उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको शक्तिशाली प्रहार गोलरक्षक जोर्डन पिकफर्डले जोगाउन सकेनन्।
७०औँ मिनेटमा इंग्ल्यान्डले ४ खेलाडी परिवर्तन गरेको थियो। मैदान प्रवेश गरेको एक मिनेटमै मार्कस रासफर्डले गोल गर्न सफल भए। दुई गोल गरेका साकाको स्थानमा प्रवेश गरेका उनले केनको पासमा दुई डिफेन्डर पार गर्दै गोल गरेका थिए।
खेलको ८९औँ मिनेटमा ज्याक ग्रिलिसले अर्को गोल थपे। उनले पेनाल्टी क्षेत्रभित्र क्यालम विल्सनको पासलाई सहजै गोलमा परिणत गरे। इन्ज्युरी समयको अन्तिम मिनेटमा सरदार अजमौनको प्रहार क्रसबारमा लाग्दा इरानले अग्रता कम गर्न सकेन।
तर, त्यसलगत्तै इरानले भीएआरको सहायताले पेनाल्टी प्राप्त गर्यो। मेहदी तारेमीले पेनाल्टीमा गोल गर्दै खेलला ६-२ को स्थितिमा ल्याए।
इंग्ल्यान्डले समूह 'बी'मा ३ अंक जोडेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
