कमला कार्की स्मृति प्रतिष्ठानद्वारा ५ व्यक्ति र १ संस्था सम्मानित

कमला कार्की स्मृति प्रतिष्ठानले विभिन्न क्षेत्रका व्यक्तित्व, संस्था र ज्येष्ठ नागरिकलाई जनही नगद १० हजार १ रुपैयाँ र सम्मान पत्रसहित सम्मान गरेको छ।   

काठमाडौँ– कमला कार्की स्मृति प्रतिष्ठानले नवौँ स्मृति दिवसको अवसरमा विभिन्न क्षेत्रका व्यक्तित्व, संस्था र ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। 

प्रतिष्ठानले काठमाडौँको नैकापमा आयोजित कार्यक्रमबीच साफ कराँते च्याम्पियनसिपमा स्वर्ण पदक विजेता अञ्जना महर्जन, सन् २०२० की नम्रता श्रेष्ठ, पत्रकार ममता थापा, चन्द्रागिरी–१४ की धनमाया महर्जन र १५ की भगवती खत्री तथा तीनथाना बाजँ खल संस्थालाई सम्मान गरेको हो।

सम्मानित सबैलाई नगद १० हजार एक रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको छ।  

पूर्वमन्त्री तथा समाजसेवी भद्रकुमारी घलेले सम्मानपत्र तथा पुरस्कार प्रदान गरेकी थिइन्।