काठमाडौँ-१ मा रवीन्द्र मिश्रले लिए अग्रता, पछ्याउँदै प्रकाशमान

काठमाडौँ-१ मा राप्रपाका रवीन्द्र मिश्रले अग्रता लिएका छन्, उनलाई नेपाली कांग्रेसका प्रकाशमान सिंहले पछ्याइरहेका छन्।

काठमाडौँ– काठमाडौँ निर्वाचन क्षेत्र नंं १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रवीन्द्र मिश्रले अग्रता लिएका छन्।

राप्रपाका मिश्रले दुई हजार ४१७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेमप्रसाद पौडेलले राससलाई जानकारी दिए। उनलाई पछ्याउँदै नेपाली कांग्रेसका प्रकाशमान सिंहले दुई हजार ३०३ मत पाएका छन्।

नेकपा एमालेका किरण पौडेलले एक हजार ४४१, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पुकार बमले एक हजार ३६७ र राष्ट्रिय सुशासन पार्टीका रमेश खरेलले एक हजार ६६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

यो क्षेत्रबाट प्रतिनिधिसभामा ३२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। जसमा २१ जना विभिन्न राजनीतिक दलबाट र ११ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। त्यसमध्ये १० जना महिला उम्मेदवार छन्। यो क्षेत्रमा कुल ५२ मतदान केन्द्रमा मतदान भएको थियो।