सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा देवेन्द्र ढकाल सिफारिस

बुधबार बसेको न्याय सेवा आयोगको बैठकले न्यापरिषद्का सचिव देवेन्द्रराज ढकाललाई सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा सिफारिस गर्ने निर्णय गरेको छ।

काठमाडौँ– न्याय सेवा आयोगले सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा देवेन्द्र ढकाललाई सिफारिस गरेको छ।

बुधबार बसेको आयोगको बैठकले न्यापरिषद्का सचिव ढकाललाई मुख्य रजिस्ट्रारमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो। यसैगरी, सर्वोच्च अदालतको रजिस्ट्रारमा विमल पौडेललाई सिफारिस गरिएको छ।

मुख्य रजिस्ट्रार लालबहादुर कुँवर र रजिस्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीशमा नियुक्त भएपछि दुवै पद रिक्त थिए।