कांग्रेसले राष्ट्रियसभा सदस्य उम्मेदवारमा अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेका तर पटक–पटक छुटेका व्यक्तिहरू र समुदाय तथा भूगोललाई समेट्ने गरी प्राथमिकता दिने निर्णय गरेको छ।
काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य उम्मेदवारका लागि मापदण्ड बनाएको छ। बिहीबारबाट शुरू भएको पार्टीको केन्द्रीय कार्यसमितिको बैठक सकिएपछि शनिबार बैठकका निर्णय सार्वजनिक गर्दै कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले राष्ट्रियसभा सदस्य उम्मेदवारको मापदण्ड तोक्नेसहित ९ वटा निर्णय भएको बताए।
“बैठकले पाँच वटा प्रस्ताव प्रस्तुत गरेको भए पनि मुख्यगरी नौ वटा निर्णय गरेको छ। यसमा समसामयिक राजनीतिक विषयमा राष्ट्रियसभा समेतलाई जोडेर राष्ट्रियसभाको उम्मेदवार कस्तो व्यक्तिलाई छनोट गर्ने भन्ने एउटा निश्चित मापदण्ड तोकेको छ,” उनले भने।
उनका अनुसार अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेका तर पटक–पटक छुटेका व्यक्तिहरू र समुदाय तथा भूगोललाई समेट्ने गरी प्राथमिकता दिने निर्णय बैठकले गरेको छ। बैठकले परिवर्तन भएको महासमितिको बैठकको मिति अनुमोदन गरेको छ।
बैठकले ‘समुदायमा कांग्रेस’ कार्यक्रमलाई माघ ७–२२ गतेसम्म सम्पन्न गर्ने, जाजरकोट र रूकुमपश्चिम केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट प्रभावित परिवारहरूको अस्थायी घर टहरा निर्माणमा एक हजार वटा बनाइसकेकोमा धन्यवाद दिने र बाँकी बनाउँदै जाने निर्णय गरेको छ।
बैठकले सरकारबाट अस्थायी घरटहरा निर्माणका लागि दिइने रकम चाँडो उपलब्ध गराउने र त्यसमा सरकारको विभिन्न संयन्त्रहरूलाई पनि प्रयोग गरेर चाँडोभन्दा चाँडो घरबारविहीनलाई छानामुनि ल्याउनका लागि सरकारसँग माग गर्ने भएको छ। बैठकले शासनका क्षेत्रमा देखिएका समस्यालाई केन्द्रीय समितिले उजागर गरेको र जनताले महसुस गर्ने गरी सुशासन सेवा प्रवाह गर्नका लागि सरकारसँग माग गरेको छ।
बैठकले बालकुमारीमा दुई जनाको ज्यान गएको घटनामा मृतक परिवारलाई क्षतिपूर्ति दिनेदेखि घाइतेहरूको उपचार र परिवारजनमा परेको क्षतिमा राज्यका तर्फबाट विशेष निर्णय गर्नका लागि माग गरेको उनले बताए।
“हिजो मात्रै बालकुमारीमा भएको घटनामा दुई जनाको ज्यान गएको छ। कसको पक्षबाट कमजोरी भएको हो, सरकारले गठन गरेको समितिबाट सत्य तथ्य छानबिन गरी मृतक परिवारलाई क्षतिपूर्ति दिने कुरा, घाइतेहरूको उपचार र परिवारजनमा परेको जुन क्षति छ त्यसमा राज्यको तर्फबाट विशेष निर्णय गर्नका लागि माग गरेको छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
